Breaking : थप २ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या २१९ पुग्यो


अगर बत्ती

Dharana    

access_time 13 May 2020

काठमाडौं / नेपालमा आजै (बुधबार) दुईजनामा कोरोना संक्रमण देखिएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक–एक संक्रमित पुष्टि भएको जानकारी दिए ।

कोरोना परीक्षणमा बाँकेका एक पुरुषमा संक्रमण देखिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कपिलवस्तुका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितका संख्या २१९ पुगेको छ । संक्रमित दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।



Share Your Thoughts