सबै सवारी पास रद्द ! सरकारी कर्मचारीदेखि पत्रकारसम्मलाई कडाई


अगर बत्ती

Dharana    

access_time 12 May 2020

काठमाडौं /   सरकारले लकडाउन झनै कडा बनाउने भएको छ । देशको विभिन्न भागमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

गृह मन्त्रालयले अव एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । 

गृह मन्त्रालयका अनुसार उक्त निर्णय जेठ १ गते बिहीबारदेखि लागू हुनेछ । अव उपत्यकामा कार्यरत सरकारी कर्मचारीहरुलाई पनि पास अनिवार्य गरेको छ । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने ब्यवस्था थियो । अब भने नियामक निकायबाट जारी भएको पास चाहिने अनिवार्य ब्यवस्था गरिएको छ ।

त्यसैगरी सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ । 



Share Your Thoughts