‘लिपुलेक’ भारतकै हो भनेर भारतीय राजदूत क्वात्राले परराष्ट्रमा बुझाए नोट


अगर बत्ती

Dharana    

access_time 12 May 2020

काठमाडौं / नेपाली भूमि लिपुलेक अतिक्रमण गर्दै भारतले  निर्माण गरेको मानसरोवर जान बनाएको सडकबारे  परराष्ट्र मन्त्रालयले काठमाडौं स्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएर कुटनीतिक नोट हस्तान्तरण दिएको थियो ।

परराष्ट्र मन्त्रालयले सोमवार ट्वीट गर्दै जानकारी गराएको थियो - ‘परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय राजदूत विनय मोहन क्वात्रासँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा सीमा विषयमा नेपाल सरकारको स्पष्ट धारणा राख्नुभयो। र, यस विषयमा कुटनीतिक नोट हस्तान्तरण गर्नुभयो।’

परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै कुटनीतिक नोट दिए लगत्तै आज  काठमाडौंस्थित भारतीय दूतावासले ट्वीट गर्दै परराष्ट्र मन्त्री ज्ञवालीलाई भारत सरकारको पोजिसन स्पष्ट रुपमा राखेको जानकारी गराएको काउन्टर ट्विट जारी भएको छ।

दूतावासले भारत सरकारको तर्फबाट भारतीय विदेश मन्त्रालयका प्रवक्ताको प्रतिक्रियासमेत परराष्ट्र मन्त्रीलाई हस्तान्तरण गरेको जानकारी गराएको छ।

परराष्ट्र मन्त्रालयले यसअघि विज्ञप्ति जारी गर्दै भारतीय कदममा असन्तुष्टिसहित ध्यानाकर्षण भएको जानकारी गराएको थियो । त्यसको काउन्टरमा भारतको विदेश मन्त्रालयले लगत्तै वक्तव्य जारी गर्दै लिपुलेकमा बनाइएको सडक भारतीय भूमिमा रहेको दावी गरेको छ ।






Share Your Thoughts