प्रधानमन्त्री ओली आक्रोशित ! एकैदिन ५७ जना संक्रमित भटिएपछि दिए लकडाउन कडा पार्ने निर्देशन


अगर बत्ती

Dharana    

access_time 12 May 2020

काठमाडौं / एकैदिन ५७ जना संक्रमित भेटिएपछि लकडाउन थप कडा पारिने भएको छ । आज  मंगलबार संक्रमितको संख्या १ सय ९१ पुगेलगत्तै प्रधानमन्त्री केपी ओलीले लकडाउन कडा पार्न निर्देशन दिएका हुन् ।  

मन्त्रिपरिषदको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताएका हुन् । ओलीले लकडाउन खुकुलो बनाएकोमा आक्रोश पोख्दै लकडाउनमा खेलाँची गरिएको र यसले ठुलो मानवीय क्षति बेहोर्नुपर्ने अवस्था हुने जनाउदै लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका हुन् ।

सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै प्रधानमन्त्री ओलीले बैठकमै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिको सुझावका आधारमा बैङ्क तथा वित्तीय संस्था र अत्यावश्यक सेवाका उद्योगहरू खोल्न दिइँदा लकडाउन औचित्यहीन भएको बताएका थिए ।

प्रधानमन्त्रीको निर्देशन लगत्तै आजै अपराह्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसेर लकडाउन कडा पार्ने बारे छलफल हुने भएको छ ।



Share Your Thoughts