नेपाललाई चीनको ४० हजार थान पीसीआर परीक्षण किट सहयोग


अगर बत्ती

Dharana    

access_time 11 May 2020

काठमाडौं /  नेपाल सरकारलाई चीनले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि ४० हजार थान पीसीआर परीक्षण किटसहितका अत्यावस्यक स्वास्थ्य सामग्री सहयोग गरेको  छ ।


नेपाललाई ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो ।


सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी हुन् ।


स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले चीन सरकारको प्रशंसा गरे । 



Share Your Thoughts