काठमाडौं / परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रासंग लिपुलेकमा नेपाली भूमि मिचेर सडक बनाएको विषयमा सोधपुछ गरेको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार राजदूत क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेकबारे औपचारिक धारणा माग गरेका हुन्।
साथै नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक नोटसमेत दिइएको मन्त्रालयले जनाएको छ ।
गत शुक्रबार भारतले लिपुलेकमा नेपाली भूमि मिचेर चीनसम्म जोड्ने सडक उद्घाटन गरेको थियो । परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गरिसकेको छ ।