काठमाडौं / आइतबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले भारतको दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न सरकारको साथमा कांग्रेस रहेको बताएका छन् ।
सांसद थापाले भने, ‘भारतको यो दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस, सिंगो नेपाली जनता तयार छ’, उनले भने, ‘सरकारले हामीबाट के सहयोगको अपेक्षा गरेको छ हामी जान्न चाहन्छौँ ।’
उनले केहीसमय पहिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको कालापानी क्षेत्रमा गरेको भ्रमणमाथि पनि प्रश्न उठाएका छन् । ‘केही समय पहिले रक्षामन्त्रीले त्यो ठाउँको अवलोकन गर्नुभएको थियो, के त्यो तीर्थयात्रा थियो?’, उनले भने, ‘थिएन भने उहाँले सरकारलाई के बताउनु भयो र सरकारले त्यो बीचमा के काम ग¥यो?’
भारतले स्पष्ट रुपमा आफ्नो भूभागमा सडक बनाएको र कोरोना संक्रमणपछि छलफल गरौँला भनेर भनिसेको भन्दै उनले सरकार पश्चताप गरेर बस्ने कि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौ भनेर भन्ने हो भनि प्रश्न समेत गरे ।