राष्ट्रिय सभा बैठकमा तीन अध्यादेश पेश


अगर बत्ती

Dharana    

access_time 09 May 2020

काठमाडौं /  राष्ट्रिय सभामा बैठकमा तीन अध्यादेश पेश गरिएको छ ।

 शुक्रबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश र २०७७’, ‘राजनीतिक दलसम्बन्धी (दोस्रो) अध्यादेश, २०७७’ पेश गरे ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले बैठकमा ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७’ पेश गरिन् ।


राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख २८ गते अपराह्न १ बजे बस्ने छ ।




 






Share Your Thoughts