प्रधानमन्त्री ओलीद्वारा बुद्धको प्रतिमामा माल्यार्पण, राष्ट्रपतिद्वारा स्वयम्भू दर्शन


अगर बत्ती

Dharana    

access_time 07 May 2020

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गरेका छन् ।

उनले २५६९औँ बुद्धजयन्तीको अवसरमा बुद्धको प्रतिमामा आज माल्यार्पण गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।

यस्तै  राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्वयम्भू दर्शन गरेकी छिन् । 

सोही अवसरमा सरकारले आज साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीलाई आह्वान गरेको छ । -रासस



Share Your Thoughts