आज साँझ ७ बजे दीप प्रज्वलन गर्न सबैलाई प्रधानमन्त्रीको अपिल (भिडियो)


अगर बत्ती

Dharana    

access_time 07 May 2020

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा शुभकामाना व्यक्त गरेका छन् ।

 बिहीबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बुद्ध जयन्ती विश्वव्यापी रुपमा धुमधामका साथ मनाइने गरेकोमा यस वर्ष कोरोना महामारीले त्यस रुपमा मनाउन नसकिएको जनाउँदै आज साँझ ७ बजे दीप प्रज्वलन गर्न सबैलाई अपिल गरेका छन् ।

 प्रधानमन्त्री ओलीले आज विश्व शान्तिको चाहनामा तड्पिरहेको र बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भएर आईरहेको जनाउँदै  गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गरौँ भन्ने आग्रह गरेका छन् ।

 कोरोनाभाइरसको संक्रमणबाट दिवंगत भएकाहरु प्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयम्सेवीहरु र यस कार्यमा सहयोगी हात बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन सबैलाई द्वीप प्रज्वलनका लागि अपिल गरेका हुन् ।




Share Your Thoughts