`हिजो जारी गरिएको अध्यादेश संवैधानिक लोकतन्त्रमाथिको गम्भीर प्रहार´


अगर बत्ती

Dharana    

access_time 21 Apr 2020

काठमाडौं /  सरकारले २०७७ वैशाख ८ गते संवैधानिक परिषद् (काम, कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश र राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेको र त्यस पश्चात् उत्पन्न परिस्थितिप्रती नेपाल मानव अधिकार संगठनले  गम्भीर ध्यानाकर्षण गराएको छ । 

संगठनले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले रहस्यमय ढंगले सम्पुर्ण  प्रजातान्त्रिक पद्धति ,मुल्य र मान्यता विपरित अध्यादेश जारी गर्ने कार्यले नेपालको संविधानको धारा २८४को बर्खिलाप र धारा ११४ को दुरुपयोग गरेको आरोप लगाएको छ । 

अध्यादेशले शक्ति पृथकिकरण,नियन्त्रण र सन्तुलनलाई लत्याएको छ । यो संवैधानिक लोकतन्त्रमाथिको गम्भीर प्रहार भएको सो संगठनले विज्ञप्तिमा जनाइएको छ । 

नेपाल र विश्व नै कोभिड १९ को महामारिमा संघर्ष गरिरहेको बेला लोकतन्त्रको जगलाई नै आघात पुर्‍याउने अध्यादेश ल्याउने कार्यको संगठनले घोर भ्रत्सना गरेको छ । यस्तै संगठनले राष्ट्रपतिले हतारमै यस्तो अध्यादेशको अनुमोदन गर्ने कार्य आफ्नो पदको अनुकुल नरहेको समेत विज्ञप्तिमा जनाइएको छ । 

विज्ञप्तिको अन्त्यमा संगठनले लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध सबै राजनीतिक दल, नेतृत्व ,नागरिक समाज,बुद्धिजिवि संचारजगत ,मानव अधिकार तथा आम नागरिकलाई लोकतन्त्र नै क्षतविक्षत गर्ने यस्ता षडयन्त्र  विरुद्ध सचेत रहन अपिल गरेको छ । 




Share Your Thoughts