कारागारका कैदीहरु कोरोनाको उच्च जोखिममा



Dharana    

access_time 19 Mar 2020

काठमाडौं । कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ । वैशाख १८ गतेसम्मलाई भेला र भीडभाडमा बन्द गरिएको हो । कुनैपनि ठाउँमा २५ जना भन्दा बढी मानिसहरु जम्मा नहुन भनेर आग्रह गरेको छ तर कारागारमा रहेका कैदीहरुको बारेमा सरकारले वेवास्ता गरेको छ । कारागारहरुमा विभिन्न अपराधजन्य गतिविधीहरुमा संलग्नहरु संगै राजनितीक आस्थाका बन्दीहरु पनि रहेको अवस्थाप्रति सरकारको उदासिनता आश्चर्यजनक छ ।  के कैदीबन्दीहरुलाई बाच्ने अधिकार  छैन ? 

कारागारमा कैदीहरुलाई एउटै जेलमा धेरैको संख्यामा राखिएको हुन्छ । सरकारले २५ जना भन्दा बढी मानिस जम्मा नहुन भनेर भन्दा पनि एउटै बन्द कारागारमा हजारौ संख्यामा कैदी बन्दीलाई राखिएको छ, के उनीहरुलाई कोरोनाको जोखिम छैन ? सरकारले कोरोनाबाट बच्ने विभिन्न उपायहरु र नियम लागु गर्दा जेल भित्र रहेका कैदीहरुको बारेमा वेवास्ता गर्नु मानवीय दृष्टिले न्ययोचित मान्न सकिदैन । मानिसहरु एकआपसमा बस्दा, हात मिलाउँदा र हाछ्यु गर्दा एकअर्काको प्रत्यक्ष सम्पर्कमा आउँदा कोरोनाको उच्च जोखिम छ । कारागार भित्र रहेका कैदीबन्दीलाई भने त्यसबाट कसरी जोगाउने भनेर कुनै पनि निकायले सोचेको छैन । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न इरानले आफ्नो तर्फबाट केही प्रयास सुरु गरेको छ । धेरै चाप भएका कारागारमा भाइरस संक्रमण हुने डरले इरानले ५४ हजार भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहाई नै गरेको छ । तर हाम्रो देशमा भने कारागार भित्र सयौको संख्यामा रहेका कैदीहरु एक साथ बस्दै आएका छन् । कारागार भित्र कुनै एउटालाई कोरोना संक्रमण भए त्यसको असर सम्पूर्ण कैदीबन्दीहरु एउटा भयाबह रुप लिन सक्छ । त्यसैले यसतर्फ पनि सरकार सजग हुन जरुरी छ । 




Share Your Thoughts