हावाहुरी र असिना–पानीले हिउँदेबाली नष्ट


अगर बत्ती

Dharana    

access_time 16 Mar 2020

दार्चुला । जिल्लाको मालिकार्जुन,पनेबाज खुना,उल्लानी,ग्वानी,मिल्मिलीलगायतका स्थानमा आइतबार साँझ परेको असिना–पानी र हावाहुरीले हिउँदे बालीमा नोक्सान गरेको छ ।

असिनाले साग, काउँली, बन्दा, लसुन, प्याज,धनियाँ,गोल्भेडालगायतका तरकारी बालीमा ठूलो नोक्सान भएको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।

असिनाले तरकारी, तोरी बारीमा बढी क्षति गरेको छ ।  पाक्नै थालेको अन्नबाली नष्ट भएपछि किसान चिन्तित भएका छन् ।




Share Your Thoughts