मदिरा सेवनबाट ज्यान गुमाएका परिवारजनलाई ३ लाख राहत


अगर बत्ती

Dharana    

access_time 16 Mar 2020

जनकपुुर । धनुषाको क्षीरेश्वरनाथमा अवैध मदिरा सेवन गरी मृत्यु भएका परिवारजनलाई प्रदेश सरकारले प्रतिपरिवार ३ लाख रुपैयाँका दरले क्षतिपुर्ति दिने निर्णय गरेको छ । प्रदेश २ सरकारको सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा अवैधरुपमा उत्पादन गरेको विषादीयुक्त मदिराको सेवनवाट ज्यान गुमाएकाको परिवारजनलाई प्रदेश सरकारले ३÷३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको हो । 

स्थानीय तह र प्रहरी प्रशासनले दिने प्रतिवेदन अनुसार पीडित परिवारलाई  प्रदेश सरकारले राहत उपलब्ध गराउने प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो । यससँगै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नम्बर २ लाई मदिरामुक्त प्रदेश बनाउने अभियान संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 




Share Your Thoughts