सबैभन्दा ‘डरलाग्दो’ बिरालो सामाजिक सञ्जालमा भाइरल


अगर बत्ती

Dharana    

access_time 15 Mar 2020

एजेन्सी / आजकाल जनावरसम्बन्धि विभिन्न भिडियो  सामाजिक सञ्जालमा छाइरहन्छन्, कुनै निकै मायालु हुन्छन् त कुनै दयालु । कति निकै क्युट हुन्छन् भने कुनै त डरलाग्दो पनि ।

एउटा यस्तो बिरालो झट्ट हेर्दा डरलाग्दो छ । यो बिरालो स्विटजरल्याण्डको रुटी शहरमा बस्छ । उक्त बिरालोको हरेक फोटोमा हज्जारौं लाइक्स पनि आउँछन् । जेरदानको ६ वर्षको बिरालो हो ।

जेरदान नामको यो बिरालोको इन्स्टाग्राम प्रोफाइल पनि छ जसमा २२ हजार बढी फलोअर्स छन् । 

लगभग सबैजसो बिरालोको शरीरमा नरम रौं हुन्छन् जसका कारण यी सुन्दर देखिन्छन् तर यो बिरालोको शरीरमा रौं नभएका कारण यो डरलाग्दो देखिएको हो । बिरालोकी मालिक स्यान्ड्रा फिलिप्पी आफ्नो बिरालोलाई धेरै माया गर्छिन् । उनी आफ्नो बिरालो असाध्यै राम्रो भएको बताउँछिन् ।

जेरदानको छाला चाउरी परेका छन् । बिरालोको केही फोटोमा मानिसहरुको केही कमेन्ट देखेर स्यान्ड्रा निकै रिसाएकी पनि छिन् । कतिले यो बिरालोको तुलना एलियनसँग गरेका छन् ।

कतिले पनि उक्त बिरालोलाई सुन्दर बताउँदै दोस्ती गर्न चाहेको पनि जनाएका छन् । 



Share Your Thoughts