कञ्चनपुरमा नेपाली भूमि भारतमा पारेपछि स्थानीयले तोडे सीमा पिल्लर


अगर बत्ती

Dharana    

access_time 15 Mar 2020

कञ्चनपुर । नेपाली भूमि भारतमा पर्ने गरी सीमा पिल्लर गाडिएको भन्दै स्थानीयले सीमा क्षेत्रमा गाडिएका पिल्लर तोडफोड गरेका छन् । नेपाल–भारत संयुक्त सर्भे टोलीले बेलडाँडी गाउँपालिका–३ वैवाह क्षेत्रमा निर्मामा गरेको ७८३÷४ नम्बर पिल्लर शनिबार स्थानीयले हथौडा प्रहार गरेर तोडफोड गरेका हुन् ।

नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरीप्रसाद बोहराले सरकारी लापरबाहीका कारण नेपाली भूमि भारतमा पर्ने गरी सीमा पिल्लर गाडिएकाले कांग्रेसले सो क्षेत्रमा स्थलगत अनुगमन गरेको जानकारी दिनुभयो ।  ‘हामी त्यहाँ पुग्नु अवागै तोडफोड भइसकेको रहेछ,’ उहाँले भन्नुभयो ‘सीमा पिल्लर तोडिनु जनताको आक्रोश हो ।’ सीमा पिल्लर तोडफोड भएपछि सो क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ ।

नेपालको लालपुर्जा भएको जमिनमा सीमा पिल्लर गाडेर नेपाली भूमि भारतले हड्प्न खोजेको भन्दै स्थानीयले विरोध गरेपछि सर्भेको काम रोकिएको थियो ।  साढे पाँच दशकदेखि बस्दै आएको तर सीमा पिल्लरका कारण आफूहरुको जग्गा भारतमा पर्ने भएपछि स्थानीय जनतामा चिन्ता र आक्रोश बढेकोे छ ।




Share Your Thoughts