धनगढीका अधिकासं बस्तीहरु शुद्ध खानेपानीबाट वञ्चित


अगर बत्ती

Dharana    

access_time 14 Mar 2020

–तेज जंग मल्ल

धनगढी । धनगढी उप–महानगरपालिकाका अधिकांश ठाउँमा शुद्ध खानेपानी समेत नभएकोे पाईएको छ । उप–महानगरपालिकालाई नगरप्रमुख नृपबहादुर वडले स्मार्ट सिटी बनाउने सपना बाडेपनि नगरभित्रैका कतिपय स्थानमा अझै सम्म खानेपानिको सुविधा पुगेको छैन । उपमहानगरपालिकाको वडा न.१२ जुगेडाका स्थानिय स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित भएका छन् । निर्वाचनका बेला विभिन्न राजनीतिक दलका नेता तथा हालका जनप्रतिनिधिहरुले शुद्ध खानेपानी पु¥याउने सपना बाँडेका थिए । तर जनप्रतिनिधिहरुले निर्वाचित भएको अढाई बर्ष बितीसक्दा पनि स्थानीयहरु खानेपानि बाट बञ्चित नै छन् ।  जनप्रतिनिधिहरुले ठुलाठुला विकासका सपना बाँड्नमै व्यस्त रहेका र जनताका आधाभूत आवश्यकता समेत पुरा गर्न नसकेको स्थानियको गुनासो छ । शुद्ध खानेपानीको व्यवस्था नभएपछि  यहाँका बासिन्दा धमिलो बालुवा निस्कने नल्काको पानी पिउन बाध्य भएका छन । शुद्ध खानेपानिको व्यवस्था नभएका कारण आफुहरु नल्काको अत्यन्तै दुषित पानि प्रयोग गर्न बाध्य भएको स्थानिय विमल चौधरीले दुखेसो पोख्नुभयो । चुनावका वेला जनप्रतिनीधीहरु घरघरमा आई थुपै्र आश्वासन दिने गरेको भएपनि चुनाव पश्चात भने वेवास्ता गर्ने गरेको उहाँले आरोप लगाउनुभयो ।

दुषित पानिको प्रयोगले झाडापखला, आउँ, हैजा जस्ता विभिन्न रोगहरुबाट ग्रसित हुनुपरेको जुगेडाका मीरा भण्डारीले दुखेसो गर्नुभयो । 

धनगढी उप–महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष गणेश प्रशाद जोसीले आफुले खानेपानिको लागी विगत ६ बर्ष देखी नै खानेपानि संस्थान संग माग गर्दे आएको जानकारी दिनुभयो । अबको एक बर्ष भित्रै यहाँका स्थानियले शुद्ध खानेपानिको उपभोग गर्न पाउने वडा अध्यक्षको दाबी छ । नगर प्रमुख नृप बहादुर वडले खानेपानिको निकै समस्या रहेको जुगेडामा जमिनमुनी बाट पानी निकाली सकेको र ट्याङकीको निर्माण कार्य अधि नबढ्दा आयोजना अलपत्र परेको गुनासो बढी रहेका बेला  छिट्टै टेन्डर प्रक्रिया अधि बढ्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो यहाँका जनतालाई छिटो भन्दा छिटो खानेपानिको पहुँचमा जोड्ने उद्देश्यका आफुहरु लागीपरेका छौँ । 

खानेपानिको समस्या भोगीरहेका यहाँका जनताहरुले अब छिट्टै शुद्ध खानेपानि उपभोग गर्न पाउने खानेपानि संस्थान कार्यालयका प्रमुख अरबीन्द कर्णले जानकारी दिनुभयो । ३ बर्ष भित्रै सम्पन्न गरीसक्ने लक्ष्यका साथ करीब १३ करोड ५० लाखमा २०७६ भदौबाट निर्माण सुरु भएको योजनाको निर्माण कार्य तिव्र गतीमा भईरहेको उहाँले जानकारी दिनुभयो ।




Share Your Thoughts