आज पहाडी क्षेत्रमा फागुपूर्णिमा अर्थात् होली पर्व मनाइँदै


अगर बत्ती

Dharana    

access_time 09 Mar 2020

काठमाडौं । देशभरका पहाडी जिल्लामा आज फागुपूर्णिमा अर्थात् होली पर्व धुमधामका साथ मनाइँदै छ । असत्यमाथि सत्यको जीत भन्ने पौराणिक सन्देश सहित फागु पर्व मनाइँदै आएको छ ।

आफन्त, साथीभाइ र परिवारमा एक अर्कालाई रङ लगाएर शुभकामना आदान–प्रदान गर्दै फागुपर्व मनाउने प्रचलन रहेको छ । रङको माध्यमबाट आपसी हार्दिकता र भ्रातृत्वको रुपमा फागुपर्व मनाउने गरिन्छ । 

एकता र भाइचाराका रूपमा मनाइने फागुपर्व देशका विभिन्न ठाउँमा विविध प्रकारका कार्यक्रम गरी मनाइँदै छ तर सरकारले भने कोरोना भाइरसका कारण भिडभाड, होहल्ला, अरुलाइ पानि छ्याप्ने जस्ता कार्य नगर्न अनुरोध गरेको छ । 



Share Your Thoughts