सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित


अगर बत्ती

Dharana    

access_time 02 Mar 2020

पाँचथर । सुख्खाग्रस्त क्षेत्र पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ यासोकमा सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । गाउँपालिका र वडाको गरी १० लाख रुपैयाँको लागतमा सिँचाई पोखरी निर्माण भएपछि गाउँमै युवाले कृषि फार्म दर्ता गरेर व्यावसायिक कृषि पेशा सुरु गरेका हुन् ।

दश जना युवाहरु मिलेर दश लाख रुपैयाँको लगानीमा उनीहरुले उक्त फार्ममा गोलभेडा, काउली, साग, काँक्रा, फर्सीलगायतका तरकारीको खेती गरेका छन् । उनीहरुलाई गाउँपालिका तथा वडाले समेत अनुदान तथा प्राविधिक सहयोग गरिरहेको वडा नम्बर १ का वडाअध्यक्ष देवेन्द्र लावतीले जानकारी दिनुभयो ।



Share Your Thoughts