अवैधरुपमा भारतीय गुणस्तरहीन ढिके नुनको कारोबार


अगर बत्ती

Dharana    

access_time 01 Mar 2020

टीकापुर । कैलालीका दक्षिणी सीमावर्ती गाउँमा खुलेआम भारतीय गुणस्तरहीन ढिके नुन किनबेच भइरहेको छ । भारतीयले साइकलमा ल्याउने यस्तो नुन सीमावर्ती क्षेत्रका बासिन्दाले उपभोग गर्दै आएका छन् । अवैध ढंगले भित्रिएको गुणस्तरहीन ढिके नुन आयोडिनयुक्त नुनभन्दा सस्तो हुन्छ । खाद्यान्न, पुरानो फलाम, टुटेफुटेका प्लास्टिकलगायत कबाडी सामानसँग साटेर लिन पाइने भएकाले ढिके नुन सर्वसाधारणले उपभोग गर्दै आएका छन् । यस्तो नुन खाँदै आएका अधिकांश स्थानीयलाई यो नुन स्वास्थ्यका लागि फाइदाजनक नभएको जानकारी छैन । ‘ 

भारतले औद्योगिक प्रयोजनका लागि आयोडिनरहीत ढिके नुन उत्पादन गर्दै आएको छ । ढिके नुन खासगरी छालाका सामान गलाउन प्रयोग हुन्छ । सोही नुन बोराका बोरा नेपालका सीमावर्ती क्षेत्रमा ल्याएर भारतीयले बेचिरहेका छन् । सोही नुन बोरामा ल्याएर नेपालका सीमावर्ती क्षेत्रमा बिक्री भइरहेको साल्ट टे«डिङ कर्पोरेसन धनगढीका सूचना अधिकारी तेजबहादुर कुँवरले जानकारी दिनुभयो । निकासी पैठारी ऐन २०१३ मा तोकिएको संस्थाबाहेक अरूले नुन आयात गर्न नपाउने व्यवस्था छ ।

नेपालमा साल्ट टे«डिङ कर्पोरेसनले मात्रै नेपालमा नुन आयात गर्दै आएको छ । सूचना अधिकारी कुँवरले कुनै व्यक्तिले भारतबाट एक किलो नुनसमेत ल्याउन नपाउने भन्नुभयो । साल्ट ट्रेडिङले सीमा क्षेत्रका प्रहरी कार्यालयले नुन तस्करी रोक्न ध्यान नदिएको जनाएको छ । जनस्वास्थ्यसँग जोडिएको अवैध काम रोकथाममा प्रहरीले बेवास्ता गर्नु गैरजिम्मेवारी भएको स्थानीयको गुनासो छ ।

भजनी नगरपालिका–३ का धर्मराज बुढाले भारतीय नुन खुलेआम भित्रिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार दर्जनौं भारतीय नागरिक साइकलमा गुणस्तरहीन ढिके नुन बोकेर दिनहुँ नेपालका सीमावर्ती गाउँमा आउने गरेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले सीमाक्षेत्रबाट भारतीयले गुणस्तरहीन ढिके नुन नेपाल भित्र्याइरहेकोबारे थाहा नभएको जानकारी दिनुभयो । 




Share Your Thoughts