चितवन समाज जापानको अध्यक्षमा न्यौपाने


अगर बत्ती

Dharana    

access_time 27 Feb 2020

 जापान  / चितवन समाज जापानको अध्यक्षमा शिव न्यौपाने सर्वसहमत  चयन भएका छन् । नागोयामा भएको  भेलाले उपाध्यक्षमा प्रकाश गैरे , सचिव सन्तोष विक ,  सह- सचिव उषा न्यौपाने , कोषाध्यक्ष शुवाश अर्याल छानेको छ।

कार्य समितिको सदस्यहरुमा राममणि रेग्मी , विष्णु तिवारी ,  पदम पौडेल , महेश पोखरेल , ईश्वर नेपाल , मधुसुधन कँडेल रहेका छन्। 

कार्यकम समाजका अध्यक्ष  रामु खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि चितवन समाज, जापानका पूर्व अध्यक्ष सरोज कँडेल , विशिष्ट अतिथि एनआरएनए  ,जापानका  सचिव विष्णु  प्रसाद घिमिरे , एनआरएनए  , जापानका पूर्व उपाध्यक्ष एवं व्यवशायी डिलाराम खरेल लगाएतका महानुभावहरुले  नवनिर्वाचित  कार्य समितिलाई शुभकामना दिएका थिए। 

भेलाले समाजको सल्लाहकार समिति पनि चयन गरेको छ। जस अनुसार डा .सुदिप अधिकारी , कविकिरण  न्यौपाने , डिलाराम खेरेल , विष्णुप्रसाद घिमिरे , विमल अधिकारी , रामु खरेल रहेका छन्।



Share Your Thoughts