अतिक्रमणबारे छानविन प्रतिवेदन सार्वजनिक


अगर बत्ती

Dharana    

access_time 26 Feb 2020

दाङ /  तुलसीपुुर उपमहानगरपालिका वडा नं। १६ ग्वारखोलामा अतिक्रणम गरिएको जग्गाको छनविन प्रतिवेदन सार्वजनिक गरिएको छ । सरकारी जग्गा अतिक्रण गरेको उजुरी परेपछि राष्ट्रिय सतकर्ता केन्द्रले छानविन गरेको थियो ।

साईपुर–बेलझुण्डी जोड्ने ग्वारखोला पुल निर्माण भएपछि त्यस आसपासको १ हजार बिघा जग्गा अतिक्रणमा परेको छ । उक्त जग्गा फिर्ता ल्याउन जिल्ला प्रशासन कार्यालय दाङ, तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकालाई निर्देशन समेत दिएको छ ।

सोही स्थानमा तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको बैठकले औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । राप्ती बबई क्याम्पस हुँदै ग्वारखोला पक्की पुल, साइपुर बेलझुण्डीअन्तर्गत पुल उत्तर दक्षिणतर्फ रहेको करिब एक हजार बिघा जग्गा नियमविपरीत कब्जा गरी बेचबिखन भएको प्रतिबेदनमा उल्लेख छ ।



Share Your Thoughts