'टिपरको बनावटै ज्यानमारा'


अगर बत्ती

Dharana    

access_time 26 Feb 2020

काठमाडौं / सडक दुर्घटनामा टिपरको ठक्करबाट मृत्यु हुनेको संख्या बढ्दो छ । देशका अन्य क्षेत्रभन्दा काठमाडौं उपत्यकामा टिपरको ठक्करबाट ज्यान गुमाउनेको संख्या बढी छ । उपत्यकामा पछिल्लो तीन आर्थिक वर्षमा सवारी दुर्घटनामा ६२७ जनाको ज्यान गएको छ ।  टिपरको ठक्करबाट घटनास्थलमै ज्यान गुमाउने गरेको पाइन्छ । यसले हेर्दा ट्रक र टिपर यात्रुका लागि ज्यानमारा नै बनेका छन् ।  टिपर  देख्ने बितिकै  आफैं सतर्क हुनुपर्ने अवस्था  आइसकेको छ ।

चालु आर्थिक वर्षमा हालसम्म १०१ जनाको ज्यान गएको छ । पछिल्लो तीन वर्षमा टिपरको ठक्करबाट ६१ जनाको मृत्यु भएको छ भने चालु आर्थिक वर्षमा ११ जनाले ज्यान गुमाएका छन् । त्यसबोहक ट्याङ्कर र ट्रकबाट पनि ज्यान गुमाउनेको संख्या पछिल्लो तीन वर्षमा ९६ छ । चालु आर्थिक वर्षमा ट्रकको ठक्करबाट मात्रै उपत्यकामा १४ जनाले ज्यान गुमाइसकेका छन् । 

‘‘टिपरको उचाइ बढी हुन्छ । भिजन स्पेस निकै कम हुन्छ । लुकिङ ग्लासले सबैतिर देख्न सक्दैन । कतिपय मोटरसाइकल घुमेर टिपरको अगाडि आइपुग्छन् जो टिपर चालकले देख्ने सम्भावना कम हुन्छ र टिपरले किच्ने अवस्था रहन्छ ।’’ त्यसका लागि टिपरको वनावटमै केही सुधार गर्नुपर्ने ट्राफिक प्रहरीको सुझाव छ । 

टिपरको तौल अन्य सवारीको तुलनामा बढी हुन्छ । टिपरको अगाडिको भाग र चक्का ठूलो भएका कारण दुर्घटनामा घाइतेभन्दा ज्यान जाने सम्भावना बढी रहन्छ । अन्यसवारीसाधनले ठक्कर दिँदा उछिट्टिएर जान्छन् भने टिपरले ठक्कर दिँदा टायरमुनि च्यापिने अवस्था बढी हुने गरेको ट्राफिक प्रहरीको अनुभव छ । 

 अधिकांश टिपर चालकको उमेर १८ देखि २५ वर्ष समूहको छ ।  उमेरको अपरिपक्वता पनि देखिन्छ । प्रायजसो टिपर चालकको पारिवारिक पृष्ठभूमि पनि त्यति देखिँदैन । एक प्रहरी अधिकारी भन्छन्,‘‘ट्यापे,मुन्द्रे र कोही त आपराधिक पृष्ठभूमिका पनि छन्।

 



Share Your Thoughts