काठमाडौं / आज नेपाली सेनाले विभिन्न कार्यक्रम गरी सेना दिवस मनाएको छ। दिवसका अवसरमा सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरेको छ।
सेना दिवस एवं शिवरात्रिको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिइन् ।
सैनिक मञ्च टुँडिखेलमा परेड तथा तोप, बढाइँ, कवाज, आतिसबाजीलगायत विविध सैन्य कला प्रदर्शन गरिएको नेपाली सेनाले जनाएको छ। वर्तमान सेनाको सांगठनिक स्वरूपको १८१९ सालदेखि सुरु भएको हो।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायत सरकारका उच्च पदस्थ अधिकारी सहभागी थिए। नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।