सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न लेखा समितिको निर्देशन


अगर बत्ती

Dharana    

access_time 21 Feb 2020

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस अर्थात् सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदको प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले प्रिन्टिङ प्रेस खरिदको विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिसनको बार्गे्निङ गरेको अडियो सार्वजनिक भएको भन्दै तत्कालको लागि खरिद प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस एजेण्ट विजयप्रकाश मिश्र मन्त्री बाँस्कोटाले एजेन्टसँग ७० करोड रुपैयाँ घूस बार्गे्निङ गरेको सार्वजनिक भएको अडियोमा र मन्त्री बाँस्कोटाबीच लेनदेनको बार्गे्निङ भएको सम्वाद स्पष्ट सुन्न सकिन्छ ।


यसअघि गत पुस २१ गते लेखा समितिले विज्ञको रुपमा विजयप्रकाश मिश्र र सुदीपराज पाण्डेलाई बोलाएर यस विषयमा छलफल गरेको थियो । सो क्रममा मिश्रले जर्मनी र फ्रान्सेली कम्पनीसँगको मिलेमतोमा सरकारका प्रतिनिधिहरुले ३५ देखि ४० प्रतिशत रकम वृद्धि गरी भ्रष्टाचार गर्ने तयारी गरेको भन्दै उजुरी समेत दिएका थिए । समितिको बैठकले बाँस्कोटाको अडियो रेकर्ड गरेका मिश्रलाई पनि कारबाही गर्न निर्देशन दिएको छ । समितिले नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेर यस्तो निर्देशन दिएको हो । समितिले अर्का एजेण्ट पाण्डेलाई पनि कारबाही गर्न निर्देशन दिएको छ । यसअघि सांसदहरुले अनलाइन मिडियामा दिएको अन्तर्वार्तामार्फत् सांसदहरुको चरित्र हत्या गरेकाले मिश्रलाई कारबाही गर्न माग गरेका थिए ।


सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भ्रष्टाचारको संकेत पाएकोले पटकपटक छलफलको माग गर्दै आएका थिए । बिहीबारको छलफलमा यसबारे सञ्चार मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रका प्रतिनिधिहरुले दिएको जवाफमा समेत चित्त नबुझाएका सांसदहरुले गलत जवाफ दिएको भए कारबाहीको भागिदार बन्नुपर्ने चेतावनीसमेत दिएका छन् । छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बोलाइएको थियो । उनीहरुले दिएको जवाफ समितिका सांसदलाइ चित्त बुझेको थिएन । एकपछि अर्काे प्रश्न तेरस्र्याएका सांसदमाथि उनीहरुले उचित जवाफ दिन नसकेपछि सांसद सूचना लुकाएको शंका समेत गरेका थिए ।


उनीहरुलाई सुरुमा लेखा समितिका सभापति भरत शाहले सरकारले प्राप्त गरेको प्रस्ताव र मन्त्रिपरिषदका निर्णयमा थुप्रै अस्पष्टता रहेको भन्दै प्रश्नहरु राख्नुभएको थियो । बैठकमा कांग्रेस नेता एवं पूर्वसञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले चेतावनीको शैलीमा भन्नुभएको थियो, ‘उल्लेख गरिएका कुरा गलत ठहरिएमा तपाईंहरु दण्ड सजायमा पर्नुहोला ।’


यसैबीच नेपालस्थित स्विस दूतावासले सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग कुनै भेटघाट नभएको भन्दै विज्ञप्ति निकालेको छ । 



Share Your Thoughts