दार्चुला / नेपाल विद्याथी संघ दार्चुलाका पक्राउ परेका विद्यार्थी नेताहरुले आपत्ति जनाएका छन् । सुदुर पश्चिम पर्यटन व्यापार तथा दार्चुला महोत्सवमा स्थानीय कलाकारले प्राथमिकता पाउनुपर्ने विद्यार्थीलाई ५० प्रतिशत सहुलियत र छाडा संस्कृतिलाई रोक्न पर्ने माग राखेर दार्चुला जिल्ला नेविसंघले दार्चुला उद्योग बाणिज्य संघलाई ज्ञापन पत्र बुझाएन पनि कुनै माग सम्बोधन नभए पछि नेविसंघका सभापति रमेश भट्टको नेतृत्वमा शान्ति पुर्ण जुलुस निकाल्दा उद्योग बाणिज्य संघले प्रहरी प्रशासनलाई प्रयोग गरी विद्यार्थीलाई २४ घण्टा प्रहरी नियन्त्रणमा राखेर अभद्र व्यबहार गरेको नेविसंघ जिल्ला सभापति रमेश भट्टले जनाउनुभयो ।
हामीले बिद्यार्थी हकहितमा बोल्दा प्रहरी नियन्त्रणमा पुग्यौ स्थानीय कलाकार हरुलाइ प्राथमिकता समेत दिएन सबै कलाकार हरु बाहिरबाट लिएर आयोजकले भ्रष्टाचार गर्न खोजेको हो । गाउँ समाज लाइ मध्य नजर गर्दै यस्ता छाड संस्कृतिले हाम्रो समाजमा समेत नराम्रो अपृय घटना समेत घट्ने भएकाले हामिले बिरोध गरेको हो यस्ता छाडा संस्कृतिले भोलिको दिनमा बलात्कार का घटना समेत घट्ने भएकोले हामिले बिरोध गरेका थियौ तर माग सम्बोधन गर्नु त कहाँ हो कहाँ उल्टै प्रहरी प्रशासन प्रयोग गरेर मलाई समेत २४ घन्टा प्रहरी नियन्त्रणमा राखियो । पुर्ब तरुण दलका जिल्ला सभापति उमेश खत्रीले जानकारी दिनुभयो ।
दार्चुला उधोग बाणिज्य संघले विद्यार्थीलाई सहुलियत दिएको र राजनीति प्रतिशोध गर्न ने बि संघले विद्यार्थी लाई उचालेर कार्यक्रम लाई समेत प्रभाव पारेको आरोप लगाउनु भएको छ स्थानीय कलाकारको विषयम बुझ्न खोज्दा कुनै प्रतिक्रिया दिएन्न।