'भ्रष्टाचारको शून्य सहनशीलतामा म अडिग छु,कसैको अनुहार हेरेर काम गर्दिनँ' : प्रधानमन्त्री ओली


अगर बत्ती

Dharana    

access_time 20 Feb 2020

काठमाडौं /  प्रधानमन्त्री केपी ओलीले जनप्रतिनिधिलाई लुट्नका निम्ति जनताले म्यान्डेड नदिएको  जनाएका छन् । 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको पुस्तक ‘आर्थिक सम्मृद्धि’ सार्वजनिक समारोहमा बोल्दै ओलीले यस्तो  जनाएका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमै आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘जनप्रतिनिधि बन्नु ‘लुटिङ फेसिलिटी’होइन ।’ प्रधानमन्त्री ओलीले सबैले जनताले दिएको म्यान्डेट अनुसार काम गर्नुपर्नेमा जोड दिए । 

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमशिन मागेको अडियो सार्वजनिक भएकोतर्फ लक्षित गर्दै ओलीले कसैको अनुहार हेरेर काम नगर्ने बताए । ‘भ्रष्टाचारको शून्य सहनशीलतामा म अडिग छु’, प्रधानमन्त्री ओलीले भने, ‘कसैको अनुहार हेरेर काम गर्दिनँ ।’

त्यस्तै ओलीले सत्तामा बस्ने अविलाशा कसैको नभएको बताएका छन् । ‘सत्तामा धेरै बस्ने अविलाशा कसैको हुँदैन’, उनले भने, ‘त्यहाँ बसेर काम गर्ने हो । चुचुरोमा पुग्ने हो र अर्लिने नै हो ।’



Share Your Thoughts