काठमाडौं / सुचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले मन्त्री बास्कोटाको राजीनामाबारे जानकारी गराएका हुन् ।
प्रतिनिधिसभा बैठकमा बास्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको सभामुख सापकोटाले जानकारी गराएका हुन् ।
सञ्चारमन्त्री गोकुल बास्कोटा सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका सन्दर्भमा कमिशन रकमका बारेमा गरेको 'डिल'को अडियो रेकर्ड सार्वजनिक भएपछि उनी विवादमा मुछिएका थिए ।