'आरोप आफैँमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ' : सञ्चारमन्त्री बास्कोटा


अगर बत्ती

Dharana    

access_time 20 Feb 2020

भीमदत्तनगर / कञ्चनपुर  पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले काठमाडौँ फर्किएपछि आफूमाथि लागेको आरोपबारे विस्तृत प्रतिक्रिया दिने  जनाएका छन्।

बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, 'म माथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु',  'राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन।'

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो। 'आरोप आफैँमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ', उनले भने, 'सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ।'- रासस



Share Your Thoughts