प्रधानमन्त्रीसँग सार्क महासचिवको बिदाइ भेट


अगर बत्ती

Dharana    

access_time 20 Feb 2020

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जद हुसैन बि सेयलले बिदाइ भेट गर्नुभएको छ ।


प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा प्रधामन्त्रीले महासचिवको जिम्मेवारी सम्पन्न गरेकोमा धन्यवाद दिँदै आगामी दिन सुखद् रहोस् भनी शुभेच्छा प्रकट गर्नुभयो ।


सो अवसरमा प्रधानमन्त्री ओलीले सार्कलाई अझ गतिशील बनाउने नेपालको धारणा रहेको र सदस्य मुलुकसँग पनि छलफल गरिरहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिनुभयो ।




Share Your Thoughts