तुलसीपुरले मनायो प्रजातन्त्र दिवस


अगर बत्ती

Dharana    

access_time 19 Feb 2020

प्रजातन्त्र विकासको मुल आधार : नगरप्रमुख पाण्डे 

तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाले ७० औ प्रजातन्त्र दिवस मनाएको छ । राणाशासनको अन्त्य भएर प्रजातन्त्रको उदय भएको दिनको अवसर पारेर यस्तो दिवस मनाइएको हो । कार्यक्रममा वोल्दै नगरप्रमुख घनश्याम पाण्डेले स्थानीय सरकारले लोकतन्त्रको पक्षमा प्रतिवद्ध भएर काम गरिरहेको कुरामा जोड दिए ।

जनताले पछिल्लो समय लोकतन्त्रको वलियो अनुभुति गरिरहेको समेत उनको भनाई थियो । 'लोकतन्त्र विना जनताको समृद्धि सम्भव छैन' प्रमुख अतिथि पाण्डेले भने । उनले लोकतन्त्रकै जगमा जनताले स्वतन्त्रताको उपभोग गरिरहेको समेत जनाए । 

 स्थानीय सरकारले जनतालाई प्रजातन्त्रको सही अनुभुति गराउनका लागि विकास र समृद्धिमा ध्यान दिएको समेत उनको भनाई थियो । प्रजातन्त्र भनेको जनताले गर्ने स्वतन्त्रताको अनुभुति मात्रै भन्दा पनि मुलुकको समग्र विकास भएको समेत उनको भनाई थियो । विकासको मुल आधारका रुपमा प्रजातन्त्र रहेको समेत उनले जनाए ।

कार्यक्रममा वोल्दै विशिष्ट अतिथि नेकपा दाङ्गका अध्यक्ष टिकाराम खड्काले जनताले पूर्ण स्वतन्त्रताको अनुभुति गरेको जनाउँदै प्रजातन्त्रले निम्न वर्गका जनताको जीवनस्तर वदल्नमा ध्यान दिनुपर्ने भनाई थियो । समाजमा रहेका निम्न वर्गका जनताले राहतको महसुस गरे मात्रै मुलुकमा प्रजातन्त्र आएको महत्व हुने उनको भनाई थियो । 

राष्ट्रिय जनमोर्चाका भरत भण्डारीले जनताका विचमा प्रजातन्त्रको अझै अनुभुति हुन नसकेको वताएका थिए । उनले ७० वर्षको अवधिमा उल्लेखनीय रुपमा प्रजातन्त्रले विकासको मुद्दालाई प्राथमिकतामा राख्न नसकेको उनको आरोप थियो ।

उपमहानगरपालिकाका सुशासन समिति संयोजक सुर्यवहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख माया शर्माले स्वागत गरेकी थिइन् भने सहजिकरण शाखा अधिकृत अनन्द गौतमले गरेका थिए । 




Share Your Thoughts