सडकमा नाचेर पर्यटक आउँदैनन्, पूर्वाधार बनाए आफैं आउँछन् : डा.बाबुराम भट्टराई


अगर बत्ती

Dharana    

access_time 19 Feb 2020

 काठमाडौं  / समाजवादी पार्टी नेपालका अध्यक्ष  डा। बाबुराम भट्टराईले भ्रमण वर्ष सस्तो रमझमले सफल नहुने जनाएका छन् । 

बुधबार अर्थ समितिले बैठकमा भटट्टराईले अत्यावश्यक पुर्वाधार बनाउने हो भने पर्यटक स्वतः आकर्षित हुने  जनाउँदै पूर्वाधार बनाएर विदेशी सञ्चारमाध्यममा विज्ञापन गरे पर्याप्त पर्यटक आउने उनको भनाइ थियो ।

‘हामी हामी रमझम गरेर, सडकमा नाचेर पर्यटक आउँदैनन्’ उनले भने, पूर्वाधार बनाइदिउँ, आफैं आउँछन् ।’

नेपालले २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ र २० लाख पर्यटक भित्र्याउन लक्ष्य राखेको छ । तर भ्रमण वर्षको सुरुमा नै चीनमा देखिएको कोरोना भाइरसले भ्रमण वर्षलाई समेत प्रभावित बनाएको छ । त्यसलाई लक्षित गर्दै भट्टराईले त्यसतर्फ संकेत गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।





Share Your Thoughts