काठमाडौं / १०४ वर्षे जहानियाँ राणा शासनको अन्य भई प्रजातन्त्र आएको दिन आज फागुन ७ गतेको स्मरणमा देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै छ ।
सरकारले फागुन ७ गतेलाई राणाशासनको अन्य गरी प्रजातन्त्र आएको दिनको सम्मानमा औपचारीका कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ । ७ सालको प्रजातन्त्रकै जगमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा स्थापना भएको छ ।
प्रजातन्त्र स्थापनाको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ।
आज देशभर ७० औं प्रजातन्त्र दिवस मूलसमारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको बैठकले दिवस मनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ।
आज फागुन ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिएको छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिएको छ ।
यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ । यस्तै फागुन ६, ७ र ८ गते घर–घरमा साँझ दीपावली गर्न तथा विद्यालय, सङ्घ संस्था, पालिका र प्रदेशमा पनि दिवस मनाउन सरकारले आग्रह गरेको छ।
विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासलेसमेत तीनै दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउने सरकारले जनाएको छ।
यस्तै काठमाडौँ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी दिवस मनाइने छ। प्रदेशमा प्रदेश प्रमुखको नेतृत्वमा प्रदेशस्तरीय समिति र जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा समिति गठन गरी दिवस मनाइने छ।
तस्वीर : रासस