समाजसेवी बद्री पहाडीद्वारा शान्ति समाज भवन निर्माणार्थ रु १ करोड सहयोग


अगर बत्ती

Dharana    

access_time 19 Feb 2020

काठमाडौं । विराटनगर निवासी प्रसिद्ध समाजसेवी बद्री पहाडीले शान्ति समाज भवन निर्माणार्थ १ करोड रकम सहयोग गर्नुहुने भएको छ । पहाडीले मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यालय भवन निर्माणका लागि उक्त सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको हो ।



यसका लागि केही जग्गा छुट्टाइएको हुँदा सहयोग रकम क्रमशः जम्मा गर्दै जाने र भवन निर्माण कार्य प्रारम्भ हुनासाथ सम्पूर्ण रकम शान्ति समाजको खातामा जम्मा भइसक्ने जानकारी पहाडी परिवारबाट प्राप्त भएको छ । मानव अधिकार तथा शान्ति समाजले ठूलो रकम सहयोगका लागि मनकारी बद्रीप्रसाद पहाडीप्रति आभार व्यक्त गरेको छ ।



पहाडी परिवारद्वारा सेवामुखी विभिन्न संघ संस्था तथा निकायलाई यस वर्ष १ करोड ३२ लाख नगद र जमीन गरी पौने दुई करोड सहयोग प्रदान गरिएको छ ।




Share Your Thoughts