काठमाडौं / प्रतिनिधिसभा बैठकमा आजदेखि मन्त्रीसंग मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले चालु अधिवेशनमा मंगलबारदेखि मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमै सांसदले सोधेको प्रश्नमा मन्त्रीले जवाफ दिने र सांसदले पूरक प्रश्न पनि सोध्न पाउने गरी प्रश्नोत्तर कार्यक्रम सुरु भएको हो ।