प्रजातन्त्र दिवस मनाउन स्थानीय तहलाई पत्राचार


अगर बत्ती

Dharana    

access_time 18 Feb 2020

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ७ गते राष्टिझय प्रजातन्त्र दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ ।


स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिकासमेत उल्लेख गरी पत्राचार गरिएको हो । प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृह मन्त्रालयमा बसेको बैठकद्वारा पारित कार्यविधिलाई आधार बनाई पत्राचार गरिएको उक्त मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका अधिकृत कृष्णहरि न्यौपानेले जानकारी दिनुभयो ।


उक्त पत्राचारमा उपत्यकाभित्रका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्टिझय झन्डा फहराउन, विभिन्न स्थानमा ब्यानर प्रदर्शन र सरसफाइ गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ ।


उपत्यकाबाहिरका स्थानीय तहमा सो दिवस मनाउन जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा जिल्ला सदरमुकाममा जिल्लाका सबै स्थानीय तह, सरकारी कार्यालय प्रमुखको उपस्थितिमा सरसफाइ, प्रभातफेरी र साहित्यिक कार्यक्रम गर्न भनिएको छ ।


उक्त बैठकले प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश राजधानीका केन्द्रमा विभिन्न कार्यक्रम र विदेशस्थित नेपाली दूतावास र महावाणिज्य दूतावासमा सोमबार साँझदेखि दीपावली गर्न निर्देशन दिने निर्णय गरेको छ ।


प्रजातन्त्र दिवसको दिन सैनिक मञ्च टँुडिखेलमा हुने कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, मध्यपुर र कीर्तिपुरबाट विशेष सांस्कृतिक प्रदर्शनी गरिनेछ ।


यस्तै फागुन ७ गते नेपाली सेनाद्वारा बिगुल बजाउने, तोप र बन्दुक बढाइँ गर्ने, परेवा उडाउने, हवाईजहाजबाट पुष्पवृष्टि गर्ने, टँुडिखेलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्काउटद्वारा मार्चपास र ब्यान्ड प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ । 




Share Your Thoughts