जुम्लाका महिला सुत्केरी भत्ताबाट बञ्चित


अगर बत्ती

Dharana    

access_time 14 Feb 2020

जुम्ला । जुम्लाको कानकासुन्दरी गाउँपालिकाका सुत्केरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने ‘सुत्केरी भत्ता’ पाउन सकेका छैनन् । उनीहरुले गतवर्षको  भत्ता हालसम्म नपाएकोे गुनासो गरेका छन् । 


गर्भवतीले चारपटक स्वास्थ्य सस्थामा जाँच गराएबापत रु ८०० र सुत्केरी पश्चात् रु तीन हजार प्राप्त गर्दछन् । पैसा माग्न जाँदा गाउँपालिकाबाट बजेट नआएको जवाफ स्वास्थ्य संस्थाले दिँदै आएको कनकासुन्दरी गाउँपालिका–२ मालिका बोताकी सुनमाया रावतले जानकारी दिनुभयो ।   


हाड्सिन्जा बर्थिङ सेन्टरमा ३८ र मालिका बोतामाका २१ महिलालाई भत्ता उपलब्ध गराउन गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी पु¥याइएकोे जनाइएको छ । तर हालसम्म भत्ता नपाएको सुत्केरी आमाले गुनासो राखेका छन् । 


यसैगरी गतवर्ष कात्तिक र वैशाख महिनामा सञ्चालन गरिएका भिटामिन र जुकाको औषिध खुवाएबापत महिला स्वास्थ्य स्वयंसेविकाले पाउनुपर्ने रकम रु ८०० पनि नपाएको महिला स्वयंसेविकाले गुनासो गरेका छन् । कनकासुन्दरी गाउँपालिकाका लेखापालक गोपाल बुढाले गत वर्ष बजेट अभाव भएको र यो वर्ष पनि बजेट ढिलो आएको हुनाले समयमा  सुत्केरी भत्ता दिन नसकेको जानकारी दिनुभयो । उहाँले केही दिनभित्र सबै सुत्केरी आमा र महिला स्वयंसेविकाले भत्ता पाउने जानकारी दिनुभयो ।



Share Your Thoughts