जेष्ठ नागरिकहरुलाई सरकारले ‘प्रोत्साहन भत्ता’ स्वरुप ५ हजार रुपैयाँ दिने घोषणा


अगर बत्ती

Dharana    

access_time 13 Feb 2020

काठमाडौं /  एक नम्बर प्रदेश सरकारले ९० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई ५ हजार रुपैयाँ ‘प्रोत्साहन भत्ता’ दिने घोषणा गरेको छ ।

बुधबार विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले एक सय वर्ष नाघेका चार जना जेष्ठ नागरिकलाई प्रोत्साहन भत्ता तथा सम्मान गर्दै ‘प्रोत्साहन भत्ता वितरण’ कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउने गरी योजना बनाइरहेको जानकारी दिनुभयो । उहाँले जेष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गरे मात्र समृद्धि सम्भव हुने बताउनुभयो ।

उक्त कार्यक्रममा प्रदेश नम्बर एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जेष्ठ नागरिकहरुका लागि प्रदेश नम्बर एकमा जेष्ठ नागरिक ग्राम बनाउन लागिएको जानकारी दिनुभयो ।

सम्बन्धित जेष्ठ नागरिकहरुलाई सम्बन्धित पालिकाबाट नै प्रोत्साहन भत्ता प्रदान गर्ने गरी रकम पठाइसकिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



Share Your Thoughts