राष्ट्रिय सरोकार मञ्चद्वारा चीनीयाँ प्रति सहानुभूति प्रकट


अगर बत्ती

Dharana    

access_time 09 Feb 2020

काठमाडौं /  राष्ट्रिय सरोकार मञ्च नेपालले कोरोना भाइरसबाट चीन र त्यहाँका नागरिकले व्योहोर्नु परिरहेको संकट र पीडाप्रति सहानुभूति प्रकट गरेका छन् । मञ्चका केन्द्रिय अध्यक्ष एवं कर्मनिष्ट अभियन्ता सोम विक्रम सिंहले एक विज्ञप्ती जारी गर्नुहुँदै यस्तो सहानुभूति प्रकट गर्नु भएको हो ।

केन्द्रिय अध्यक्ष सिंहद्वारा हस्ताक्षर विज्ञप्तीमा भनिएको छ, 'छिमेकी देश चीनमा व्यापक रूपले फैलिरहेको कोरोना भाईरसले सयौं चिनियाँ  जनताको जीवन हताहत भईसकेको छ भने हजारौंको संख्यामा चिनियाँ जनता यो भाईरसले प्रभावित भईरहेको छ । यस दुःखद खबर सुन्दा हामी एकदम मर्माहित भएका छौं । हामीले यस दुःखद घडीमा चिनियाँ जनता र चीनसंग भौतिक रूपमा साथ हुन नसके पनि हामी यस अप्ठेरो समयमा कुनै न कुनै रूपले नजिक छौं । हामीलाई लाग्छ चिनीयाँ जनतामाथि आई परेको यस किसिमको बज्रपातसंग लड्न चीन आफै क्षमतावान छ तर पनि नेपाली जनता हरदम चिनिया“ जनताको अप्ठेरो समयमा साथमा रहनेछ भन्ने बिश्वस्त गर्न चाहन्छौं ।

कोरोना भाईरसबाट मृत्युवरण गर्न पुगेका चिनियाँहरूलाई भावपूर्ण श्रद्धाञ्जली दिन चाहन्छौं । उनीहरूको दिवंगत आत्माले शान्ति पाई वैकुण्ठमा बास होस् । नेपाली जनताको तर्फबाट दिवंगत आत्माको परिवार र सिङ्गो देश चीनप्रति हार्दिक समवेदना टक्राउन चाहन्छौं ।

कोरोना भाइरससंग लडिरहेका हजारौं व्यक्तिहरूको तत्काल स्वास्थ्य लाभ हुनेछ भन्नेमा हामी आशावादी छौं । छिमेकी देश चीन रोग निर्मूल गर्न आत्मनिर्भर छ भन्नेमा पनि हामी बिश्वस्त छौं । चिनियाँ नेता र जनतालाई यी कठिन समयहरूमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस् र विश्व चीनको सहयोग र साथमा रहनेछ भन्ने अपेक्षा राख्दछौं । चिनियाँ–नेपाल मित्रता सदाका लागि अमर रहोस् ।'

राष्ट्रिय सरोकार मञ्च नेपाल, हिन्दू अधिराज्य पुनस्र्थापना गर्न संघर्षरत संस्था हो ।




Share Your Thoughts