आदर्श सासु-बुहारी सम्मानित


अगर बत्ती

Dharana    

access_time 09 Feb 2020

बाँके /  सम्मान गर्ने र लिने आ -आफ्नै तरिका हुन्छन् । कोहलपुर–११ बसपार्क रोड्स्थित वनवाटिका टोल सुधार समितिले कोहलपुर नगर क्षेत्रभित्र रहेका आदर्श सासु तथा बुहारीलाई सम्मान गरेको छ ।

समितिद्वारा शनिबार आयोजित कार्यक्रममा आदर्श सासुमा कोहलपुर नगरपालिका–२ की लक्ष्मी भुसाल र बुहारीमा वडा नं ११ की शीखा गौतम श्रेष्ठ सम्मानित भएका हुन्। कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले सासु–बुहारीलाई सम्मान गर्दै नगरभित्रका सबै सासु–बुहारी आदर्श बन्न सक्नुपर्ने बताउनुभयो । सासुले बुहारीलाई छोरीकै रूपमा हेर्नुपर्ने र बुहारीले सासुलाई आमाको रूपमा स्वीकार गरेमा आदर्श परिवार निर्माणमा समस्या नहुने उहाँले उल्लेख गर्नुभयो ।

नगरपालिकाले हरेक वर्ष नगरपिता र नगरमाताका रूपमा दुई वृद्धवृद्धालाई पनि सम्मान गर्दै आएको छ । जिल्लामै पहिलोपटक आदर्श सासु–बुहारी सम्मान गर्ने योजना अघि सारिएको टोल सुधार समितिका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।



Share Your Thoughts