चन्दननाथकोे हराएको दत्तात्रयको मूर्ति भेटियो


अगर बत्ती

Dharana news    

access_time 20 Jan 2020

जुम्ला / चर्चामा रहेको चन्दननाथ मन्दिरको हराएको दत्तात्रयको मूर्ति भेटिएको छ । चन्दननाथ नगरपालिका वडा नं १ दानसाँघुको खेतको आलीमा भेटिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीयको सूचनाको आधारमा खेतको आलीमा मुर्ति भेटिएको र विस्तृत जानकारीका लागि १ बजे पत्रकार सम्मेलन गरी जानकारी गरिने भएकाले पत्रकारहरुलाई उपस्थित जिल्ला प्रशासन कार्यालयमा सूचना जारी समेत गरेको छ ।

यसैगरी प्रहरीले २ दिनदेखी तलिचौर गाउँमा पनि सर्च अभियान थालेको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले थप्नुभयो ।



Share Your Thoughts