अछामका सन्तोषलाई नयाँ मिस्टर नेपालको उपाधि


अगर बत्ती

Dharana news    

access_time 27 Dec 2019

काठमाडौं /  सन्तोष उपाध्याय मिस्टर नेपाल २०१९ घोषित  भएका छन् । बिहीबार राति सम्पन्न ‘मिष्टर नेपाल २०१९’को ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले उपाधि  जितेका हुन् ।

मोष्टट्यालेन्ट र मोष्ट फोटोजेनिकको उपाधि समेत जित्न सफल विजेता उपाध्यायले शीर्ष उपाधिको साथमा मोटरबाइक, नगद २५ हजार रुपियाँ पनि पाएका छन् । अछाम ओली गाउँका सन्तोष स्वास्थ्य पेसामा कार्यरत छन् । 

प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनर–अप र विमल पाण्डे सेकेन्ड रनर–अप बन्नुहुँदा प्रिन्स अभि थर्ड रनर–अप र अभिनास चौधरी फोर्थ रनर–अप घोषितभएका छन् ।

शीर्ष विजेताले ‘मिस्टर वल्र्ड’लगायत विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने भएका छन् ।

काठमाडौं, पोखरा, विराटनगर, चितवन, धरानलगायतका देशका प्रमुख शहरको अडिसनबाट छानिएका २२ प्रतियोगी स्विमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङ, मेकअप, ड्रेसवेयरलगायत विभिन्न विषयको प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिएको प्रतियोगीतामा सप–टाइटल बेष्ट ट्रेडिसनल वेयर अरुणकुमार डंगोल, मिष्टर स्पोर्टस् लोकेसराज श्रेष्ठ, मिष्टर कन्जिइनेटली विजय लामा, बेष्ट मोडल राहुल सिंह राजुत, मिष्टर मल्टिमिडिया हिटशंकर कुलङ, मिष्टर फिटनेश बिमल पाण्डे, मिष्टर डिजीपेय पपुलर अबिनाच चौधरीले प्राप्त गर्नुभयोे ।



Share Your Thoughts