धनगढी / कैलाली खोलामा दुर्लभ प्रजातिको अजिङ्गर भेटिएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित खानेपानी कार्यालय नजिक रहेको कैलाली खोलामा बिहीबार अजिङ्गर भेटिएको हो ।
डिभिजन वन कार्यालय कैलालीका जिल्ला वन अधिकृत रामचन्द्र कँणेलका अनुसार अजिङ्गर साढे पाँच फिट लामो र अढाइ किलो तौल भएको थियो ।
अजिङ्गरलाई स्थानीय खुटिया सामुदायिक वन क्षेत्रमा लगेर छोडिएको अधिकृत कँणेलले जानकारी दिनुभयो ।