दीपक-दीपा ‘छक्का पन्जा ४’ निर्माण गर्ने तयारीमा


अगर बत्ती

Dharana news    

access_time 27 Dec 2019

 दीपकराज गिरी र दीपाश्री निरौलाको टिम ‘छक्का पन्जा’मै फर्किएको छ।

‘छक्का पन्जा ३’पछि यो टिमले यसवर्ष ‘छ माया छपक्कै’ लिएर आएको थियो। अब यो टिमले ‘छक्का पञ्जा’कै सिरिजलाई निरन्तरता दिने भएको हो।

आउँदो वर्षको दशैंको फूलपातिमा रिलिज गर्ने गरी चलचित्र ‘छक्का पन्जा ४’को निर्माण घोषणा गरिएको छ। निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले अहिले चलचित्रको कथामा काम भैरहेको डिसी नेपाललाई जानकारी दिए। ‘‘छक्का पञ्जा ३’ जहाँबाट सकियो त्यहीबाट ‘छक्का पञ्जा ४’को कथा सुरु हुनेछ’ दीपकराजले भने।

चलचित्रमा दीपकराजसँगै जितु नेपाल र केदार घिमिरे लगायतको प्रमुख भूमिका रहनेछ।

बैशाखबाट छायाँकनमा जाने तयारीमा रहेको चलचित्रको लागि अभिनेत्री भने फाइनल गरिएको छैन्। चलचित्रलाई दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन्।



Share Your Thoughts