छोरीकी आमा बनिन् ‘चपली हाइट’की नायिका विनिता


अगर बत्ती

Dharana news    

access_time 26 Dec 2019

नायिका विनिता बराल आमा बनेकी छिन् । अमेरिकामा रहेकी विनिताले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजालमाफर्त उनी आफैले यो कुराको जानकारी दिएकी हुन् ।

विनिताले छोरीको नाम ‘काया’ राखिएको समेत सामाजिक संजालमा उल्लेख गरेकी छिन् । आमा र छोरीको स्वास्थ्य राम्रो रहेको वुझिएको छ ।

नायिका विनिता पौडेल केही बर्ष अगाडि अध्ययनका लागि भन्दै अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेपछि उनी र तिलक पौडेलपछि प्रेम सम्बन्ध रहेको थियो । उनीहरुले केही महिना अगाडि मात्र बिहे गरेका थिए ।

चलचित्र ‘चपली हाइट’मा काम गरेपछि निकै नै चर्चामा रहेकी विनिताका यसपछि कुनै पनि चलचित्र सफल भएनन् । यसपछि, उनी कृषीमा समेत लागेकी थिइन् ।



Share Your Thoughts