निलमको चरित्र हत्या हुने गरी नकारात्मक टिप्पणी नगरिदिन रामकृष्ण ढकालको अनुरोध


अगर बत्ती

Dharana news    

access_time 26 Dec 2019

गायक रामकृष्ण ढकालले आफ्नो पारिवारिक कुराहरुलाई मिडियाले उचालेको भन्दै  रुष्ट भएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक ढकालले मिडियाले अनावश्यक कुरालाई उचालेर भए नभएको टिप्पणी गरेको प्रति रुष्ट भएका हुन् ।

उनले लेखेका छन्, 'नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसंशक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।'

गायक ढकालले पछिल्लो समय मिडियामा आफ्नो सम्बन्ध  विच्छेदलाई लिएर बनेका समाचारहरु परिवारको आत्मसम्मान विपरीत भएकाले नकारात्मक टिप्पणी नगरिदिन अनुरोध गरेका छन् । 

उनले भनेका छन्, 'विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रतिको न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने  गरी  प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।'

उनको स्टाटस जस्ताको तस्तै ।





Share Your Thoughts