४३ वर्षपछि क्यूबामा प्रधानमन्त्री चयन


अगर बत्ती

Dharana news    

access_time 22 Dec 2019

काठमाडौं / क्युवाको प्रधानमन्त्रीमा म्यानिअल मर्रेरो क्रुज चयन भएका छन् । १६ वर्षदेखि पर्यटनमन्त्री रहँदै आएका मर्रेरो पाँच वर्षका लागि शनिबार राष्ट्रपति मिगेल डियाज–केनेलले प्रधानमन्त्रीमा चयन गरेका छन् । उनी पर्यटन मन्त्री हुनअघि सेनाका कर्णेल थिए ।

क्युवामा करिब ४३ वर्षपछि प्रधानमन्त्रीको पद पुर्नस्थापना गरिएको हो । सन् १९५९ मा क्रान्ति सफल भएयता सन् १९७६ सम्म फिडेल क्यास्ट्रोले प्रधानमन्त्री पदमार्फत कार्यकारी अधिकार प्रयोग गरेका थिए । त्यसपछि राज्य परिषदको राष्ट्रपति पद सिर्जना गरेर प्रधानमन्त्री पद खारेज गरिएको थियो ।

प्रधानमन्त्रीमा मर्रेरोको चयनलाई क्युवाको नेसनल एसेम्ब्लीका ५९४ डेपुटीले सर्वसम्मतीमा अनुमोदन गरेका थिए । क्युवामा अहिले डियाज–कनेल राष्ट्रप्रमुख छन् भने राहुल क्यास्ट्रो सत्तारुढ कम्युनिस्ट पार्टीका अध्यक्ष छन् ।

क्युवाले सन् २०१९ फेब्रुअरीमा जनमतसंग्रहमार्फत नयाँ संविधान अनुमोदन गरेको थियो । नयाँ संविधानले सन् १९७६मा फिडेल क्यास्ट्रोद्वारा लागू भएको सोभियत मोडेलको बडापत्रलाई  विस्थापित गरेको थियो ।  एजेन्सी




Share Your Thoughts