‘दि कर्मा’मा नीतालाई 'बजार लाग्या छ’ (भिडियो)


अगर बत्ती

Dharana news    

access_time 20 Dec 2019

फिल्म ‘दि कर्माको पहिलो गीत रिलीज भएको छ । ‘बजार लाग्या छ’ बोलको गीतको भिडियोमा नायिका नीता ढुंगाना र नायक करण वर्माले नृत्य गरेका छन् । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा रिसाह लुक्समा छिन् भने बुद्दि तामाङ्ग पनि देखिएका छन् । 

यस गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर रहेको छ । कोरियोग्राफर रामजी लामिछाने हुन् । फिल्मका गीतहरुमा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ ।

फिल्म दि कर्मालाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल। र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।

फिल्ममा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताएका छन् । अर्का निर्माता श्रीदेवका अनुसार यो फिल्म नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि रिलीज हुनेछ ।

भिडियो :




Share Your Thoughts