‘इन्डियन आइडल’मा पुगिन निरुता सिंह


अगर बत्ती

Dharana news    

access_time 20 Dec 2019

पछिल्लो समय भारतको मुम्बईमा बस्दै आएकी नेपाली नायिका निरुता सिंह भारतीय रियालीटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् ।

अभिनेत्री सिंहले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो क्लिप राख्दै आफू इन्डियन आइडलमा पुगेको जनाएकी हुन् ।

उनले त्यहाँ पुग्दा निकै रमाइलो भएको र राम्रो समय बिताएको जनाएकी छिन् । अभिनेत्री सिंहले आदित्यनारायणलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘इन्डियन आइडलको सेटमा राम्रो समय बिताएँ । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद !’

निरुताले पछिल्लो समय मह जोडीको ‘दालभात तरकारी’ मा अभिनय गरेकी थिइन् । उनको अभिनय रहेका दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाइ लगायत चलचित्र दर्शकले रुचाएका चलचित्रमा पर्छन् ।



Share Your Thoughts