महराको मुद्दा आज सुनुवाइ हुँदै


अगर बत्ती

Dharana news    

access_time 19 Dec 2019

काठमाडौं /  निवर्तमान सभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश खारेज गरी पाउन र तारेखमा बसी मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी गर्नुभएको निवेदनमा  बिहीबार सुनुवाइ हुँदैछ ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा उनको निवेदनमाथि सुनुवाइ हुन लागेको हो ।

५ मंसिरमा महराले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । अदालतले पीडित भनिएकी महिला कर्मचारीसँग पनि बयान लिइसकेको छ । जसमा उनले आफूमाथि करणी नभएको दाबी गरेकी छन् ।

फौजदारी कार्यविधि संहिता-२०७४ मा रहेको व्यवस्था बमोजिम महराले निवेदन थिएका थिए ।

घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिएको भन्दै उनलाई थुनामा पठाउन आदेश भएको थियो । त्यसयता उनी डिल्लीबजार कारागारमा छन् ।

महरालाई १९ असोजमा प्रहरीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।




Share Your Thoughts